सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १०५१

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

धनगढी १२, असोज ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एकहजार बढी पुगेको छ । संक्रमितको संख्या सात हजार ५१ पुग्दा संक्रिय संक्रमितको संख्या १ हजार ५१ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढि कैलालीमा चार सय ५१ जना संक्रिय संक्रमित रहेका छन् । अछाममा एक सय २९, डोटीमा एक सय ३९, बझाङमा एक सय, बैतडीमा ८० जना संक्रिय संक्रमित रहेका छन्।

यस्तै दार्चुलामा ३२, कञ्चनपुरमा ३५ र डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेका छन्। बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या सून्य छ। अहिलेसम्म प्रदेशमा पाँच हजार ८ सय ८३ जनाले कोरोना जितेका छन्।

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech