बाँकेमा आजसम्म १४३४ जना डिस्चार्ज, निको हुने दर ७९.४५ प्रतिशत

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७७, आईतवार

नेपालगन्ज ११, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमण जितेर घर फर्किनेको संख्या १ हजार ४ सय ३४ पुगेको छ । आइतवार थप २३ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै बाँकेमा संक्रमण जित्नेको संख्या १ हजार ४ सय ३४ पुगेको हो ।

प्रतिशतका हिसावले ७९.४५ प्रतिशत निको भएका छन् । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा ३ सय ५९ जना बसिरहेका छन् ।

जिल्लामा कुल संक्रमितको संख्या १ हजार ८ सय ५ पुग्दा १२ जनाले ज्यान गुमाएका छन् ।


Nabintech