फर्मासिस्टहरुले मनाए फर्मासिस्ट दिवस

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज ९, असोज ।
देशभरका फर्मासिस्टहरुले विभिन्न कार्यक्रमको आयोजना गरी फर्मासिस्ट दिवस मनाएका छन् । हरेक वर्ष सेप्टेम्बर २५ का दिन मनाईने यो दिवस यस वर्ष TRANSFORMING GLOBAL HEALTH भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना सहित मनाईएको हो ।

कोरोना संक्रमणका कारण विगत झै सामुहिक भेला गरेर कार्यक्रम गर्न नसकेको भएपनि जो जहाँ छौ, त्यहीबाट दिवस मनाएको भेरी अस्पताल नेपालगन्जमा कार्यरत फर्मासिस्ट दिनेश नेपालीले बताउनुभयो । उहाँका अनुसार नेपालगन्जको बीपी चोकमा फर्मासिस्ट दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ ।

जिल्लाका विभिन्न अस्पताल, फार्मेसीहरुमा कार्यरत फर्मासिस्टहरुको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो । दिवसकै अवसरमा नेपालगन्जमा रहेको पानस फर्मास्युटिकल्सले रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

कम्पनीमा कार्यरत फर्मासिस्ट लगायत अन्य कर्माचारीहरुले समेत दिवसको अवसरमा रगत दान गरेका थिए । जहाँ औषधी त्यहाँ फर्मासिस्ट भन्ने नाराले सार्थकता पाउन नसकेको भन्दै फर्मासिस्टहरुले सम्बन्धीत निकायले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।

(स्वास्थ्य पेजका तर्फबाट फ्रन्टलाईनर देशभरका सम्पुर्ण फर्मासिस्टहरुलाई दिवसको शुभकामना)

  • ९ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech