कर्णालीमा थप २९ संक्रमित थपिए, ४४ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७७, शुक्रबार

सुर्खेत ९, असोज ।

पछिल्लो २४ घण्टामा कर्णालीमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल /पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुुकम पश्चिममा गरिएको पीसीआर परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सल्यानका १४ जना, सुर्खेतका ८ जना, रुकुम पश्चिम ५ जना, दैलेख र अछामका एकरएकजना रहको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ३१६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप ४४ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७९५ पुगेको छ ।

प्रदेशभर हालसम्मा ४२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिनुभयो । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

 

  • ९ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech