पीसीआर परिक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई हदैसम्मको कारवाही गरिने स्वास्थ्य मन्त्रालयको चेतावनी

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७७, शुक्रबार

काठमाडौं ९, असोज ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक नभएका व्यक्तिहरुको, तोकिएको भन्दा बढी शूल्क लिएर पीसीआर परीक्षण गरे हदैसम्मको कारवाही हुने चेतावनी दिएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै देशभरका सबै ५५ प्रयोगशालालाई सरकारले तोकेको भनदा बढी शुल्क लिई आवश्यक नभएक व्यक्तिको परिक्षण गरेमा हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्धारा विज्ञप्तिमा ‘नेशनल टेष्टिङ गाइडलाइन अनुसार विपरीत अनाश्वयक परिक्षण गर्ने, तोकिएको बाहेकका व्यक्तिको परिक्षण गर्न अभिप्रेरित गर्ने तथा तोकिएको भन्दा बढी शुल्क लिने प्रयोगशालालाई हदैसम्मको कारवाही गरिने’ उल्लेख छ। उहाँले मन्त्रालयले शुक्रबार स्वास्थ्य सचिवस्तरीय निर्णय अनुसार सूचना जारी भएको जानकारी दिनुभयो ।

 

  • ९ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech