बुटवलमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७७, बिहीबार

बुटवल ८, असोज ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराइरहेका दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। असोज १ गतेदेखि उपचाररत कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र भदौ २७ गतेदेखि उपचाररत नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। असोज १ गते अस्पतालमा भर्ना भएका कपिलवस्तुका पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनुभयो। उनमा मधुमेह र मिर्गौलाको समस्या थियो।

नवलपरासी रामग्रामका पुरुष भदौ २७ गते अस्पतालमा भर्ना भएका थिए। उनमा कलेजोको समस्या थियो। उनको बिहीबार बिहान चार बजे मृत्यु भएको डा गौतमले जानकारी दिनुभयो।

  • ८ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech