२४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौं ७, असोज ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र ७ पुरुष छन्।

बर्दियाका ६४ र ३९ वर्षीय पुरुष, झापाका ८६ वर्षीय पुरुष, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौँका १६ वर्षीय किशोर र ६८ वर्षीया महिला र ललितपुरका ७४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech