११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

काठमाडौं ७, असोज ।

बुधवार नेपालमा कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् ।यससँगै कुल संक्रमितको संख्या ६७ हजार ९०४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४९ हजार ९५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको छ ।देशभरका संस्थागत आइसोलेसन ८ हजार २२८ जना र होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १०४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर जनाको ४३ भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech