सुदूरपश्चिमका ८६ संक्रमितले कोरोना संक्रमण जिते

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

धनगढी ७, असोज ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८६ संक्रमण मुक्त भएर घर गएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा ६ हजार ७ सय ५ जनाको कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ६७ जना निको भएर घर गएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८६ दशमलब ०१ प्रतिशत रहेको छ।

सुदूरपश्चिम प्रदेशमा हाल सम्म ८० हजार ९७ जनाको स्वाव संकलन गरिएकोमा ७८ हजार ६ सय ६८ स्वाव पिसिआर विधिबाट परिक्षण गरिएका छन्।

परीक्षण भएकामध्ये ७१ हजार ९ सय ८३ नमूनाको नतिजा नेगेटिभ छ भने १ हजार ४ सय ९ स्वाव परीक्षण हुन बाँकी रहेका प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

हाल सुदूरपश्चिम प्रदेशमा ९ सय २५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये कैलालीमा सबैभन्दा बढी ४ सय ७५, डोटीका १ सय १३, अछाममा ७४, बैतडीमा ७१, बझाङमा ८९, बाजुरामा ९, डडेल्धुरामा १६, दार्चुलामा ३१ र कञ्चनपुरमा ४८ जना सक्रिय संक्रमित रहेका छन्।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech