बाँकेमा आज थप ७३ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

नेपालगन्ज ७, असोज ।
बाँकेमा बुधवार थप ७३ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमित भएर जिल्लाका विभिन्न आइसोलेसनमा बसेका उनीहरु निको भएर डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार ३ सय ३७ पुगेको छ । अव जिल्लाका विभिन्न आइसोलेसन तथा होमआइसोलेसनमा ३ सय २६ जना वसिरहेका छन् ।

जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय ७४ पुग्दा संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । बाँकेमा विरामीको निको हुने दर ७९.८७ प्रतिशत रहेको छ ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech