जुम्लामा ८ दिनदेखि अनशनरत डा.गोविन्द केसी नेपालगन्जमा

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७७, सोमबार

तस्विरः महेन्द्र कार्की

नेपालगन्ज ५, असोज ।
जुम्लामा ८ दिनदेखि अनसनरत डा गोविन्द केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राख्नुभएको छ । जुम्लाबाट काठमाडौं जान लाग्नु भएका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताउनुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसी त्यहाँबाट एअरपोर्टसम्म एम्वलेन्समा जानुभएको जुम्लाका सिडिओ भुपेन्द्र थापाले स्वास्थ्य पेजलाई जानकारी दिनभयोे । जुम्लाबाट डा केसी समिट विमानबाट नेपालगन्ज पुग्नुभएको हो । राँझा विमानस्थलबाट डा. केसीलाई अहिले भेरी अस्पताल नेपालगन्जमा लैजान लागिएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

तस्विरः महेन्द्र कार्की

तस्विरः महेन्द्र कार्की

आज काठमाडौंको उडान नभएपछि डा केसी भेरी अस्पतालमा बस्ने कार्यक्रम तय भएको अस्पतालका मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । डा.केसी भोली काठमान्डौको यात्रामा निस्कने कार्यक्रम छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन्। त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं।’

अनशन बसेको एक साता बितिसक्दा पनि सरकारले माग पूरा गर्न कुनै पहल नगरेको विज्ञप्तिमा उल्लेख छ। माग पूरा गर्नुको साटो सरकारले बल प्रयोग गरेर जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सुरु गनुपर्ने, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन डा केसीले माग गर्नुभएको छ ।

मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीलाई समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने लगायत ६ बुँदे माग राखि डा केसी अनशनमा हुुनुहुन्छ। डा केसीले भदौं २९ गतेबाट अनशन सुरु गर्नुभएको हो ।  आइसियुमा उपचाररत डा केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने चिकित्सकले बताएका हुन्।

  • ५ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech