बाँकेमा ५२ संक्रमित थपिए, अधिकांश नेपालगन्जका

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७७, सोमबार

नेपालगन्ज ५, असोज ।
बाँकेमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा ४३, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ र बागेश्वरी ल्यावमा १ गरी ५२ जनमा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा पछिल्लो २४ घण्टामा ९८ जनाको नमुना परीक्षण गएिकोमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । एकजना भने डोल्पाका हुन् । आज संक्रमण पुष्टि भएका अधिकांश नेपालगन्जका छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १ हजार ६ सय ५१ पुगेको छ ।

  • ५ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech