कोरोना संक्रमणबाट सुर्खेतका कैदीको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७७, सोमबार

तस्विरः फाइल

नेपालगन्ज ५, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट कैदीको मृत्यु भएको छ । सुर्खेत सहारेका ५८ बर्षीय कैदीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

दमको विरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या रहेका ती कैदीलाई उपचारका लागि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । कर्तव्य ज्यान मद्दामा उनले कारागारमा सजाए भुक्तानी गरिरहेका थिए । उनको भदौ २१ गते स्वाव लिइएको थियो । त्यही दिन उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । २२ गते भर्ना भएका उनको आज विहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । तर बाहिर जिल्लाबाट आएर यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने उनीसहित ४ पुगेको छ । यसअघि सुर्खेतकै एकजना, कैलाली, अछाम र अर्घाखाँचीका एक–एकजनाका मृत्यु भएको थियो ।

  • ५ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech