भेरीका थप तीन स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ 

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०७७, शनिबार

नेपालगन्ज ३, असोज ।
भेरी अस्पताल नेपालगन्जका थप तीनजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोभिड आइसोलेसन वार्डमा खटिएका प्रीति खड्कासहित तीनजनामा भाइरस संक्रमण देखिएको हो । खड्काका अनुसार उहाँ आफैलाई दुई दिन अघि ज्वरो र खोकी लागि रहेको थियो ।

`दुईदिन देखि अनइजी फिल भैरहेको थियो उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो-`शुकवार स्वाब दिएको थिए शनिबार पोजिटिभ रिपोर्ट आएको छ ।´ उहाँहरु सबै भेरीकै आइसोलेसन वार्डमा बस्नु भएको छ ।

यसअघि पनि भेरीका करिब एक दर्जन चिकित्सक र आधा दर्जन स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिसकेको छ ।

  • ३ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech