कोरोना अपडेट: १२०४ जना संक्रमित थपिए,४०१ जना डिस्चार्ज,११ को मृत्यु

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०७७, शनिबार

 

काठमाडौं ३,असोज

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिवार थप १ हजार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर १० हजार ३ सय ३३ नमुना परीक्षण गर्दा १ हजार २ सय ४ जना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कुल संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय १ जना डिस्चार्ज भएसँगै अब कोरोना भाइरस संक्रमण मुक्त हनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात महिला र चार पुरुष छन्। मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरकी ७६ र ६८ वर्षीया महिला तथा ६० वर्षीय पुरुष, काठमाडौँकी ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै  देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ।

  • ३ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech