भेरी अस्पतालले सुर्खेतबाट ल्यायो २७० किट

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७७, शुक्रबार

तस्विरः प्रचण्ड गौतमको फेसबुकबाट भेरी अस्पताल नेपालगन्ज ।

नेपालगन्ज २, असोज ।
भेरी अस्पताल नेपालगन्जले प्रादेशीक अस्पताल सुर्खेतबाट २ सय ७० किट ल्याएको छ । कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट सकिएपछि प्रादेशीक अस्पताल सुर्खेतबाट सापट मागेर २ सय ७० किट ल्याइएको भेरी अस्पताल नेपालगन्जका मेसु डा.प्रकाश थापाले जानकारी दिनुभयो ।

‘एकहप्तादेखि ल्यावमा किटको अभाव छ डा.थापाले स्वास्थ्य पेजलाई भन्नुभयो–‘केन्द्रबाट आउने टुंगो छैन रातारात सुर्खेत पुगेर किट लिएर आयौं ।’ किट लिन मेसु थापा आफै सुर्खेत जानुभएको थियो । लक्षण चिन्ह देखिएका विरामीबाहेक अरुको भाइरस संक्रमण परीक्षण गर्न सकिने अवस्था अहिले भेरीसँग छैन् ।

पैसा नै तिरेर परीक्षण गर्छु भनेपनि किट अभावका कारण सम्भव नभएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत् विरामीहरुको परीक्षण गर्नै समेत किट नभएपछि सापटीमा प्रादेशीक अस्पतालबाट किट ल्याउनु परेको मेसु थापाले बताउनुभयो ।

  • २ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech