बाँकेमा आज ६० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज २, असोज ।
बाँकेमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट मुक्त भएर ६० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बालबालिकादेखि प्रहरीसम्म छन् ।

बाँकेमा डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ९२ पुगेको छ । प्रतिशतका हिसावले हेर्ने हो भने निको हुने दर बाँकेमा ७७.१० रहेको छ । अव आइसोलेसनमा ३ सय ४५ जना बसिरहेका छन् ।

जिल्लामा संक्रमितको संख्या अहिलेसम्म १ हजार ५ सय ४६ छ । भाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

  • २ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech