एकै दिन नरैनापुरमा ५६ जनाको स्वाब संकलन

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

नेपालगन्ज १९ बैशाख ।
बाँके नरैनापुर गाउँपालिका क्षेत्रबाट कारोना संक्रमण जाँचका लागि एकैदिन ५६ जनाको स्वाब संकलन भएको छ ।

नरैनापुर गाउँपालिकाको ६ वटै वडाका धार्मिक स्थलबाट पुजारी, मौलाना सहित ५६ जनाको स्याम्पल संकलन गरिएको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो । मस्जिद मदरसाबाट ३१ जना, क्वारेन्टीनबाट १६ जना, दुई जना स्वास्थ्यकर्मी र ७ जना पुजारीको स्याम्पल संकलन गरिएको हो । संकलन भएको स्वाब नेपालगन्ज स्थित भेरी अस्पतालमा पीसीआर जाँचका लागि पठाइएको छ ।
बाँकेमा एक जनामा पोजेटिभ पुष्टि भएपछि स्वास्थ्यकर्मीको टोलीले धार्मिक स्थल, मदरसा लगायत स्थानमा सेवा प्रवाह गरिरहेका धर्मगुरु, पुजारीको स्वास्थ्य परीक्षण प्रक्रिया अघि बढाएको हो ।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech