काठमाडौं ३, कात्तिक ।
प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।
मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।
उहाँले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न पनि आग्रह गर्नुभएको छ ।
कोरोना महामारीका बेला सांसदहरु र मन्त्रीहरुले दसैँ खर्च लिएको भन्दै आलोचना भएको थियो। नेकपाले संस्थागत निर्णय नै गरेर दसैं खर्च फिर्ताको निर्णय गरेको छ।
नेपाली कांग्रेस सांसदहरुलस पनि दसैँ खर्च फिर्ताको निर्णय गरेका छन्।