प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

काठमाडौं ३, कात्तिक ।

प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।

उहाँले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न पनि आग्रह गर्नुभएको छ ।

कोरोना महामारीका बेला सांसदहरु र मन्त्रीहरुले दसैँ खर्च लिएको भन्दै आलोचना भएको थियो। नेकपाले संस्थागत निर्णय नै गरेर दसैं खर्च फिर्ताको निर्णय गरेको छ।

नेपाली  कांग्रेस सांसदहरुलस पनि  दसैँ खर्च फिर्ताको निर्णय गरेका छन्।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech