वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

    • स्वास्थ्य पेज

  • २५ असार २०८१, मंगलवार

नेपालगन्जः मनसुनी वर्षासँगै मनसुनजन्य रोगको संक्रमण देखिन थालेको छ । अझ पछिल्लो समय परेको अविरल वर्षाले त झनै जोखिम बढाएको चिकित्सक बताउँछन् ।

बर्खाको समयमा दूषित पानीका कारण झाडापखाला, टाइफाइड ,ज्वरो आउने, टाउको दुख्ने, जन्डिस तथा छालासम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामी बढ्न थालेका छन् ।

यस्तो बेला उमालेको वा क्लोरिन हालेर सफा पारेको पानी मात्र पिउनुपर्ने सुझाव चिकित्सकको छ । त्यसैगरी सडेगलेका तथा बासी खाना खान हुँदैन । फलफूल तथा तरकारी शुद्ध पानीले सफा गरेर मात्र खानुपर्ने सुझाव पनि चिकित्सकले दिने गरेको छ ।

वर्षाको समयमा खाना तथा पानीमा हेलचेक्र्याइँ गर्दा पानीजन्य रोगको संक्रमण बढ्ने बढ्दा झाडापखाला, ज्वरो, टाउको दुख्नेलगायत समस्या देखिने गर्छन् ।

  • २५ असार २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech