नेपालगन्ज: नेपाल फार्मेसी परिषद्को २० औँ नाम दर्ता परीक्षा (लाइसेन्स) मा ३५ दशमलव ४ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्।
परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् २६४ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्। परीक्षाका लागि कुल ७९६ निवेदन परेको थियो।
परिषद्ले पहिलो पटक बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको थियो। गलत व्यक्तिको प्रवेश रोक्न र र थप प्रभावकारी बनाउन बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको परिषद्का रजिष्ट्रार सञ्जिव कुमार पाण्डेयले बताउनु भयो।