फार्मेसी परिषद्को परीक्षामा ३५.४ प्रतिशत फर्मासिस्ट उत्तीर्ण 

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७९, आईतवार

नेपालगन्ज:  नेपाल फार्मेसी परिषद्को २० औँ नाम दर्ता परीक्षा (लाइसेन्स) मा ३५ दशमलव ४ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्।

परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् २६४ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्। परीक्षाका लागि कुल ७९६ निवेदन परेको थियो।

परिषद्ले पहिलो पटक बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको थियो। गलत व्यक्तिको प्रवेश रोक्न र र थप प्रभावकारी बनाउन बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको परिषद्का रजिष्ट्रार सञ्जिव कुमार पाण्डेयले बताउनु भयो।

  • ६ कार्तिक २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech