सुर्खेतः नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत आज पहिलो दिन सुर्खेतमा ६६ मत खसेको छ ।
विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म संघको प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा भएको मतदानमा ६६ मत खसेको मतदान अधिकृत डा पुजन बल्लवले स्वास्थ्यपेजलाई जानकारी दिए ।
उनका अनुसार भोलि विहान ८ बजेदेखि पुनः मतदान सुरु हुनेछ । कर्णालीका चिकित्सकहरुलाई सुर्खेत र जुम्लामा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।







