नेपाल चिकित्सक संघ निर्वाचनः नेपालगन्जमा २०७ मत खस्यो

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०८३, शनिबार

नेपालगन्ज — नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचन अन्तर्गत नेपालगन्जमा २०७ मत खसेको छ । बाँके र बर्दियाका एनएमएमा आवद्ध चिकित्सकहरूले नेपालगन्जस्थित एनएमए भवनमा पुगेर मतदान गरेका हुन् ।

सहायक मतदान अधिकृत डा. लक्ष्मण सिग्देलका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार उपत्यका बाहिर वैशाख ४ र ५ गते मतदान सम्पन्न भइसकेको टिम मंगलबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार डा. किर्तिपाल सुवेदीले स्वास्थ्यपेजलाई बताए ।

यस निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावलडा. नारायण भुषाल सहितका उम्मेदवारहरूले आफ्ना प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् । कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

संघको विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ र सदस्य ६ जना गरी कुल १९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने व्यवस्था रहेको छ ।

यसैबीच काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुने कार्यतालिका रहेको छ ।

  • ५ बैशाख २०८३, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech