काठमाडौं: सरकारले भोलि माघ २ गतेबाट कोरोना खोपको बुस्टर डोज दिने भएको छ । मन्त्रालयका अनुसार अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई बुस्टर डोज खोप दिन लागिएको हो ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर खोपको पूर्ण मात्रा लगाईसकेका अग्रपङ्क्तिमा खटिने नागरिकहरुलाई बुस्टर डोज दिन भनेको हो ।
माघ १४ गतेपछि भने ६० वर्ष माथिका नागरिकले पनि खोप लगाउन पाउँनेछन् ।