जनकपुरः प्रदेश २ का जनस्वास्थ्यकर्मीहरुको भेला जनकपुरधाम अन्तर्गत देवपुरा रुपैठा नोचा पोखरीमा सम्पन्न भएको छ ।
उक्त भेलामा जनस्वास्थ्यकर्मीको हकहितलगायतका विभिन्न विषयमा छलफल भएको जनस्वास्थ्यकर्मी रमेश कुमार यादवले जानकारी दिनुभयो ।
यसखालका भेलाले जनस्वाथ्यकर्मीहरु प्रोत्साहित हुने र उनीहरूबीचको एकता र समन्वयको सन्देश प्रवाह हुने प्रमित कुमार साहले बताउनुभयो । उहाँले यस्ता भेलालाई दीर्घकालिनरुपमै अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै अर्का जनस्वास्थ्यकर्मी रमेश कुमार यादवले जनस्वास्थ्यकर्मीले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी आवश्यक परेको खण्डमा स्वयंसेवकको भूमिका निभाउन पनि तयार रहेको बताउनुभयो ।
रवीन्द्र कुमार यादव, आलोक नाथ झा, मोहम्मद मकाबुल राईन, दुर्गेश कुमार यादव, जितेन्द्र नायक , राकेश कुमार यादव, सुमन कुमार यादव , नथुनी कुमार मण्डल , अनुपम रोय , सावन यादव, पुनम साह , ज्योति शर्मा,आशना चौधरी, दिलीप साह लगायत जनस्वाथ्यकर्मीहरुले राज्यले जनस्वास्थ्यकर्मीहरुको पीरमर्कालाई सम्वोधन गर्नुपर्ने बताउनुभयो । भेलामा ५० बढी स्वास्थ्यकर्मी सहभागी थिए ।