कोरोनाबाट थप तीनको मृत्यु, मृतक संख्या ७३ पुग्यो

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७७, शनिबार

काठमाडौं २४, साउन ।
नेपालमा कोराना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीय महिलाको शुक्रबार कोरोनाबाट मृत्यु भएको हो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन शुक्रबार नै उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो। उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेकाे छ। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४९९ जना डिस्चार्ज भएका छन । यससँगै डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ३ सय १३ पुगेको छ।

  • २४ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech