काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुर ले अनुमति दिएको छ । भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रसाईं पछिल्लोपटक १३ फागुनमा रिहा भएका थिए । उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो ।
चुनाव नहुने अभिव्यक्ति दिँदै आएका प्रसाईं फेरि कानुनी प्रक्रियामा तानिएका छन् ।








