मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०८२, आईतवार

काठमाडौं: मेडिकल व्यवसायी  दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए ।

  • १७ फाल्गुन २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech