नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलनमा नर्सिङ संघको ऐक्यवद्धता

    • स्वास्थ्य पेज

  • ११ पुष २०८१, बिहीबार

नेपालगन्जः नेपाल नर्सिङ संघले नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आदोलनप्रति ऐक्यवद्धता जनाएको हो।

एकेडेमीमा कार्यरत कर्मचारीहरु अस्पताल व्यवस्थापन पक्षसँग तलब-भत्ता सेवा-सुविधा तथा वृद्धि विकासको माग गर्दै केही दिनदेखि आन्दोलनरत छन्। उनीहरुले विभिन्न मितिमा भएका वार्ता तथा संवादलाई अस्पताल व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको बताएका छन्।

संघले अस्पतालमा कार्यरत कर्मचारी तलब-भत्ता तथा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएको भन्ने खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नर्सिङ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्र जस्तो जीवनसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा कार्यरत कर्मचारीहरुका जायज माग यथाशीघ्र सम्बोधन गर्न अस्पताल व्यवस्थापन तथा सम्पूर्ण सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ।’

 

  • ११ पुष २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech