कागतीपानीले कुन-कुन कुरामा फाइदा गर्छ ?

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८१, शुक्रबार

लेमन (कागती) मा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ नै, रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीका लागि समेत कागतीपानीले फाइदा गर्छ ।

बिहान खाली पेटमा कागतीपानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।  भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।  कागतीपानीले पाचनमा सहयोग पुग्छ ।  कागतीपानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

  • कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ ।
  • पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ ।
  • बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ ।
  • रुघाखोकी जस्ता संक्रमणमा उपयोगी हुन्छ ।
  • कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ र छालाका दागधब्बा सफा हुन्छन् ।
  • कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ ।
  • बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा तौल कम गर्न मद्दत गर्छ ।
  • कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ ।
  • पत्थरीको समस्या छ भने पनि कागती पानी निकै उपयोगी हुन्छ ।
  • कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा भएको हानिकारक तत्त्व बाहिर निष्कासन गर्छ ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech