हात्ती पाईले रोग निवारण अभियानमा राप्ती सोनारीको उत्कृष्ट कार्यसम्पादन

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०८०, सोमबार

नेपालगन्जः राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधि सेवन अभियानमा राप्ती सोनारी गाउँपालिका बाँकेकै उत्कृष्ट भएको छ । चार दर्जन बढी सूचकहरुको मापनमा राप्ती सोनारी उत्कृष्ट बनेको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक जिल्लाबाट एकएक उत्कृष्ट पालिका घोषणा गर्ने कार्यक्रम अनुसार बाँकेका आठ पालिका मध्ये राप्ती सोनारी गाउँपालिका उत्कृष्ट बनेको हो । आज काठमाडौंमा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधि सेवन अभियानको रणनीतिक योजना तर्जुमा तथा समीक्षा कार्यक्रममा पालिकालाई सम्मानित गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्धारा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पालिका अध्यक्ष तप्त बहादुर पौडेललाई उत्कृष्ट पालिकासहित सम्मानित गर्नुभएको हो ।

आर्थिक वर्ष ०७९-०८० मा राष्ट्रिय हात्तीपाईले रोग निवारण राप्ती सोनारीले उत्कृष्ट कार्य सम्पादन गरेको महाशाखाले ठहर गरेको छ । राप्ती सोनारीमा हात्ती पाईले रोग विरुद्धको आम औषधि सेवन कभरेज ८० प्रतिशत बढी रहेको छ ।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech