जाडोमा घरमै गर्नुस् व्यायाम

    • स्वास्थ्य पेज

  • ३ पुष २०८०, मंगलवार

गर्मीको दाँजोमा जाडोमा मानिस अल्छी हुन्छन् । त्यसैले उनीहरू जिम जान पनि गाह्रो मानिरहेका हुन्छन् । केही त्यस्ता अभ्यास छन्, जसलाई तपाईं घरमै गर्न सक्नुहुन्छ । यसले तपाईंलाई फिट र स्वस्थ्य राख्न मद्दत गर्छ ।

जम्पिङ ज्याक्स : यसले पूरै शरीरको कसरत गराउँछ । त्यसैले कुनै पनि वर्कआउट गर्नुअघि वार्मअपका रूपमा पनि जम्पिङ ज्याक गर्ने गरिन्छ । यसले मांसपेशीहरूलाई सक्रिय गराउँछ, मुटुको चाल बढाउँछ र मुड फ्रेस गराउँछ । वजन घटाउन, स्टामिना बढाउन र तनाव कम गर्न यो कार्डियो एक्सरसाइज प्रभावकारी मानिन्छ ।

बर्पिस : यसले पनि पूरै शरीरको कसरत हुन्छ । यसमा स्क्वाट, पुसअप र जम्प गरिन्छ । यो निकै तीव्र र प्रभावकारी छ । मांसपेशी बलियो बनाउन र मुटुको स्वास्थ्यका लागि यो निकै लाभदायी छ ।

जम्प रोप : यसमा लागि धेरै समय र ठाउँ पनि आवश्यक पर्दैन । कोअर्डिनेसन, ब्यालेन्स र कार्डियोभस्कुलर फिटनेसका लागि यो प्रभावकारी छ ।

डान्स : यदि अभ्यास गर्न मन लाग्दैन भने मनपर्ने संगीत बजाउनुस् र त्यसको तालमा नाच्नुस् । शरीर स्वस्थ्य राख्नका लागि यो पनि निकै प्रभावकारी उपाय हो ।

  • ३ पुष २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech