ग्लोबल आइएमइ बैंकको वार्षिकोत्सवमा निःशुल्क महिला स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८३, शुक्रबार

नेपालगन्जः ग्लोबल आइएमइ बैंकको ८ औँ वार्षिकोत्सवको अवसरमा “स्वस्थ नारी पहल कार्यक्रम” अन्तर्गत बाँकेको कम्दीमा निःशुल्क महिला स्वास्थ्य शिविर तथा स्वास्थ्य परीक्षण गरिएको छ । बाँकेको डुडुवा गाउँपालिका–५, कम्दीमा भएको उक्त शिविरमा १६२ जनाले सेवा लिएका थिए ।

विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरेर शिविर गरिएको हो । त्यससँगै स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक चरणमै रोग पहिचानमा सहयोग पुग्ने उद्देश्यले पनि शिविर महत्वपूर्ण बनेको स्वास्थ्य चेकजाँचमा खटिएका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सन्देश आचार्यले जानकारी दिए ।

शिविरको आयोजना ग्लोबल आइएमइ बैंकले गरेको हो भने प्राविधिक सहयोग नेपाल परिवार नियोजन संघ बाँके शाखाले प्रदान गरेको शाखा प्रवन्धक रश्मी श्रेष्ठले जानकारी दिइन् । कार्यक्रमको समन्वय भने डुडुवा गाउँपालिकाले गरेको थियो ।

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech