फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन निरन्तर: मन्त्री बस्नेत

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०८०, सोमबार

काठमाडौं: फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउनुभएको छ ।

विश्व फर्मासिस्ट दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिनुभयो।

उहाँले फार्मसी सेवालाई गुणस्तरीय बनाउन फार्मसिस्टहरुलाई आग्रह समेत गर्नुभयो । नेपाल फार्मेसी संघले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रको विकृतिलाई हटाउन सबै गम्भीर बन्न आवश्यक रहेको औल्याउनुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतलाई संघले फार्मेसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो। संघका उपाध्यक्ष टेक विकले मन्त्री बस्नेत सामु फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राख्नुभएको थियो । ।

  • ८ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech