विश्व फर्मासिस्ट दिवस: देशैभर विभिन्न कार्यक्रम, नेपालगन्जमा दीप प्रज्वलन

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०८०, सोमबार

नेपालगन्ज: विश्व फर्मासिस्ट दिवस आज देशैभर विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ । यस वर्षको फर्मासिस्ट दिवस “Pharmacy Strengthening Health System “भन्ने मुल नाराका साथ मनाईएको हो । दिवसका अवसरमा आज देशका विभिन्न सहरहरुमा कार्यक्रम भए । राजधानी काठमाडौँ सहित नेपालगञ्ज, धनगढी, बीरगञ्ज, बिराटनगर लगायतका स्थानमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

नेपालगन्जमा दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । नेपालगन्जको बीपी चोकमा भेला भएका फर्मासिस्टहरुले दीप प्रज्वलनसँगै केक काटेर दिवस मनाएका हुन् । कार्यक्रम नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा सम्पन्न भएको हो ।

उता धनगढीमा नेपाल फर्मास्युटिकल्स एसोसियसन सुदुरपश्चिम प्रदेशको आयोजनामा फर्मा वाक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न नाराहरु लेखिएका पप्लेट सहित फर्मा वाकमा सुदरपश्चिम क्षेत्रमा कार्यरत फर्मासिस्टहरु सहभागी भएको एसोसियसन सुदुरपश्चिमका सचिव महाओमराज जोशीले जानकारी दिनुभयो । सुदुरका अन्य जिल्ला अछाम, डोटी लगायतमा समेत कार्यक्रम सम्पन्न भएका छन् ।

सेती टेक्नीकल कलेज डोटीमा दीप प्रज्वलन र अन्तक्रिया कार्यक्रम सम्पन्न भएको बताईएको छ । कार्यक्रम नेपाल फर्मास्युटिकल्स एसोसियसन सुदुरपश्चिम प्रदेशका कोशाध्यक्ष माधव प्रसाद जोसीको नेतृत्वमा सम्पन्न भएको हो ।

  • ८ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech