स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा दिनुपर्छः राष्ट्रिय चिकित्सक संघ

    • स्वास्थ्य पेज

  • २७ असार २०८०, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्तेनले दिएको विवादास्पद अभिव्यक्तिको राष्ट्रिय चिकित्सक संघले विरोध गरेको छ। मन्त्रालयमा सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले-‘खटाएको स्थानमा नजाने कर्मचारीले आत्महत्या गर्छु भन्दा आफूले डोरी दिएर झुण्डिन पठाउनुु’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

मन्त्री बस्नेतको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ। सोही विषयलाई लिएर संघले मन्त्रीको उक्त अभिव्यक्ति गैरकानूनी र आपत्तीजनक भएको भन्दै भत्सर्ना गरेको छ।

संघका अध्यक्ष डा पुष्पमणि खरालले जारी गरेको विज्ञप्तिमा आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति आएको भन्दै मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने विषय उल्लेख छ।

हेरौं विज्ञप्ति

NDan.jpg

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech