राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • २ असार २०८०, शनिबार

नेपालगन्जः केही दिन अघि ह्दयघात भएर तंग्रीनु भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । उहाँको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएको थियो ।

थप उपचारका लागि बिहान पाँच बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य अहिले सामान्य छ ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना हुनुभएको थियो । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उहाँलाई पुनः समस्या देखिएको हो ।राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराउनुभएको थियो ।

  • २ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech