सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम नगर्न निर्देशन

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०८१, बिहीबार

नेपालगन्ज: सरकारी अस्पतालका चिकित्सक तथा सबै स्वास्थ्यकर्मीलाई निजी अस्पताल, क्लिनिक लगायतमा काम नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालय एक सूचना जारी गर्दै सरकारी अस्पतालका सबै स्वास्थ्यकर्मीहरुलाई निजी अस्पताल, मेडिकल तथा क्लिनिक लगायतका निजी स्वास्थ्य संस्थामा गएर काम गर्न र प्रचारप्रसार गर्नबाट रोक लगाएको जनाएको छ ।

मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताल र केन्द्रलाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो ।

साथै मन्त्रालयले कुनै पनि सरकारी स्वास्थ्यकर्मीले निजी क्षेत्रका स्वास्थ्य संस्थाको प्रचारप्रसार तथा विज्ञापन नगर्न निर्देशन दिँदै यस्तो गरेको पाइए कारबाही गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न समेत निर्देशन जारी गरिएको सूचनामा उल्लेख छ ।

  • १३ बैशाख २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech