नेपालमा पनि भेटियो मंकीपक्स भाइरस

    • स्वास्थ्य पेज

  • १ असार २०८०, शुक्रबार

नेपालगन्ज: नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको हो ।

ती महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो ।

उक्त नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।

  • १ असार २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech