दादुरा लागेमा के गर्ने ? डा. शेरबहादुर पुनका ९ सुझाव

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०८०, आईतवार

पछिल्लो समय केही ठाउँमा दादुराको संक्रमण देखिएको छ । एक जना संक्रमित भए उसले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाछयुँ गर्दा, खोक्दा, संक्रमित व्यक्तिले नाक–मुख छोएर हात नधुँदा सजिलै सर्न सक्छ । दादुरा लागेपछि ज्वरो आउने, सिंगान बगिरहने, आँखा रातो हुने, ज्वरो आएको तीन–चार दिनपछि शरीरमा रातो दाग देखिने हुन्छ ।

प्रायःजसो बच्चालाई धेरै हुने दादुरा जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ । दादुराबाट बच्न बच्चालाई नौ महिना र १५ महिनामा दुईपटक खोप लगाउने गरिन्छ । खोप लगाउन छुटेका बच्चालाई यो रोग लाग्ने जोखिम बढी हुन्छ ।

दादुराबाट कसरी जोगिने
दादुराको उपचार यही नै भन्ने छैन । त्यसैले यसको औषधि भनेकै दादुराविरुद्धको खोप हो । दादुराबाट बच्ने मुख्य उपाय सरसफाइमा ध्यान दिनु हो । यदि दादुरा लागिहालेको खण्डमा यी उपाय अपनाउन सकिन्छ ।

१. दादुरा लागेमा आइसोलेसनमा बस्ने-राख्ने

२. दादुरा भएका बालबालिकालाई भीडभाड वा सार्वजनिक स्थल (स्कुल, कलेज, पार्क, रेस्टुरेन्ट) नलैजाने

३. हाछ्युँ गर्दा वा खोक्दा मुख छोप्ने
४. दादुरा लागेको व्यक्तिको रुमाल, ओछ्यान प्रयोग गर्ने
५. झोलिलो, पोसिलो खानेकुरा खाने
६. बान्ता भएको छ भने जीवनजल खाने
७. दादुराको बिरामीलाई हेरचाह गर्दा मास्क लगाउने
८. बिरामीलाई सम्बन्धित एक जनाले मात्र हेरचाह गर्ने
९. ज्वरो, आँखा पाक्ने, आँसु आउने, निमोनियाजस्ता समस्या देखिएमा चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक खुवाउन सकिने । भिटामिन ए पनि खुवाउने ।
दादुराको जोखिम
दादुरा लागेपछि धेरैलाई निमोनिया हुन्छ । त्यस्तै पखाला लाग्ने, शरीर कमजोर हुने, दुब्लो हुने गर्छ । त्यस्तै गर्भवती महिलामा रुबेलाको संक्रमण भएमा मृत्यु शिशु जन्मिने जोखिम हुन्छ । त्यस्तै हाडजोर्नीहरु सुन्निने वा दुख्ने हुन सक्छ ।

  • २८ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech