बाँकेमा १२ जना सुत्केरीले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • २० बैशाख २०८१, बिहीबार

नेपालगन्जः बाँकेमा चालु आर्थिक वर्षमा १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् ।

खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी र नरैनापुरमा १–१ जना रहेका छन् । नेपालगन्जलाई मेडिकल सिटी भनिएपनि यही सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । घर नजिककै ठूल्ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन विष्णु श्रेष्ठले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो । श्रेष्ठका अनुसार अहिले भने सुत्केरी भइसकेपछि मृत्यु भइरहेको छ । बच्चा पाएको ४२ दिनसम्मलाई सुत्केरी मानिन्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको भनाइ छ ।

जिल्लामा आठ पठक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत भर्गवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको छ । परिवार नियोजन, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारितासम्वन्धी अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।

  • २० बैशाख २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech