श्रमिक दिवस: श्रमिकहरुको निशुल्क स्वास्थ्य चेकजाँच

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०८१, बुधबार

नेपालगन्ज: १३५ औं श्रमिक दिवसको अवसरमा आज नेपालगन्जमा श्रमिकहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । लाइफलाइन हस्पिटल नेपालगन्ज र श्रमिकका क्षेत्रमा काम गर्दै आएको जिफन्टको आयोजना र सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका-१३ मा श्रमिकहरुको निशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो ।

लाइफलाइन हस्पिटलमा कार्यरत फिजिसियन डा पारश श्रेष्ठका अनुसार श्रमिक दिवसमा मजदुरहरुको स्वास्थ्य चेकजाँच गरिनुका साथै स्वास्थ्य सम्बन्धि परामर्श सेवा प्रदान गरिएको बताउनुभयो । उनीहरुको बिपि, सुगर लगायतको चेकजाँच गरिएको थियो । त्यसैगरी जोखिमपूर्ण काम गर्दा अपनाउनुपर्ने सावधानीको बारेमा परामर्श समेत प्रदान गरिएको डा श्रेष्ठले बताउनुभयो ।

दैनिक श्रममा व्यस्त हुँदा उनीहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र अबस्था जटिल भैसकेपछि मात्र हस्पिटल पुग्ने अबस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले प्रारम्भिक स्वास्थ्य परिक्षण गरिएको डा श्रेष्ठले बताउनुभयो । साझबिहानको जोहो गर्न मुस्किल पर्ने उनीहरुलाई निशुल्क स्वास्थ्य शिबिरले ठूलो राहत प्रदान गरेको छ ।

तस्वीर

  • १९ बैशाख २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech