मेजर शेयर खरिद गरेसँगै नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०८१, मंगलवार

नेपालगन्जः मेजर शेयर खरिद गरेसँगै नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल सर्वसम्मत चयन हुनु भएको छ । अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष तथा युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुनुहुन्छ ।

आज बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।  मेडिकल व्यवसायी अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरुमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दिप अग्रवाल रहनु भएको छ ।

अर्यालको अध्यक्षतामा मेडिकल कलेजको थप विकास र विस्तार हुने सञ्चालक समितिले विश्वास लिएको छ। नवनियुक्त अध्यक्ष अर्यालले नेपालगन्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्‍याउने प्रतिवद्धता गर्नुभएको छ ।

नयाँ प्रविधि र उपचार विधिहरु मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने उहाँको भनाइ छ । नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल रहेको छ। अर्यालले दाङमा पनि सञ्जीवनी अस्पताल स्थापनाको काम अगाडि बढाउनुभएको छ । उक्त अस्पताललाई मेडिकल कलेजको रुपमा अगाडि बढाउने उहाँको लक्ष्य छ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech