डेंगी संक्रमणले महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७९, बिहीबार

नेपालगन्जः डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो । उहाँको केही समयदेखि निसर्ग अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

साउन १ गतेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा मात्र २५ जनामा डेंगी संक्रमण भएको पाइएको छ । डेंगी संक्रमणबाट बच्नका लागि सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रहसमेत गरेका छन् ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech