Face Of The Month : Dr. Joshan Neupane , Neuro Surgeon

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७९, मंगलवार

भेरी अस्पतालका एक्ला न्यूरो सर्जन डा.जोशन न्यौपानेले विगत तीन वर्षदेखि नेपालगन्जलाई कर्मथलो बनाएर सेवा दिइरहनुभएको छ । यसअघि उहाँले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बसेर सेवा दिनुभएको थियो ।

यसक्षेत्रका करिव २० हजार विरामीलाई उहाँले परामर्श र उपचार सेवा दिइसक्नुभएको छ । १२ देखि १५ सयको हाराहारीमा शल्यक्रिया नै गर्नुभएको छ । काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालको अनुभव समेत हासिल गरिसक्नुभएका डा.न्यौपानेको आगमनले भेरीको न्यूरो सेवा प्रभावकारी र गुणस्तरीय हुने विश्वास गरिएको छ ।

डा.न्यौपाने नेतृत्वको टीमले भेरीमा न्यूरो सेवा दिन थालेपछि यसक्षेत्रका विरामीले कम खर्चमा उपचार सेवा पाउन थालेका छन् ।

  • २४ श्रावण २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech