मासिक ज्यालादारीका डाक्टर माग

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०७९, सोमबार

नेपालगन्जः भरतपुर अस्पतालले डाक्टर, नर्ससहित ४७ जना स्वास्थ्यकर्मी माग गरेको छ।

करार सेवा र मासिक ज्यालादारीमा डाक्टर, स्टाफ नर्स, फार्मेसी सहायक र ल्याब टेक्निसियन माग गरिएको सूचना प्रकाशन गरेको छ।

सोमबार प्रकाशन भएको सूचनामा तत्कालका लागि ६ महिना काम गर्नेगरी ८ जना करार सेवा र ५ जना मासिक ज्यालादारी सेवाका लागि मेडिकल अधिकृत माग गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले १२ जना करार र १२ जना मासिक ज्यालादारीमा स्टाफ नर्स मागेको छ। एकरएक जना करार र चार÷चार जना मासिक ज्यालादारीमा फार्मेसी सहायक र ल्याब टेक्निसियन मागेको छ।

अस्पतालमा नयाँ सेवाहरू थप हुँदा जनशक्ति अपुग भएपछि विज्ञापन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

स्वीकृत दरबन्दी नहुँदा करारमा विज्ञापन गर्न नमिल्ने भएकाले मासिक ज्यालादारीमा पनि विज्ञापन गरिएको पौडेलले बताउनुभयो ।

  • ९ श्रावण २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech