रामघाटमा निः शुल्क प्राथमिक कान उपचार शिविर

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०८१, मंगलवार

नेपालगन्जः सुर्खेतको भेरीगंगा नगरपालिकास्थित रामघाट स्वास्थ्य चौकीमा निःशुल्क प्राथमिक कान उपचार शिविर आयोजना गरिएको छ । भेरीगंगा नगरपालिकाको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

शिविरमा दुई सय जना स्थानीयबासीले कान चेकजाँच गराएका थिए । तीमध्ये ३० जना कान कम सुन्ने, २० जनामा कान पाक्ने, पाँच जनामा कानमा ढुसी जम्मा भएको, पाँच जनामा कानको हड्डी खाने रोग र सात जनामा कान सुनिएको समस्या देखिएको चेकजाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनीहरुलाई रोगको प्रकृतिअनुसार परामर्श तथा उपचार सेवा प्रदान गरिएको पनि आयोजकले जनाएको छ । वरिष्ठ कान सहायक चिकित्सक तिर्थमान थारु र भिषण कुमार थारुले कान चेकजाँच गर्नुभएको थियो ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech