थप ४५६ जनामा कोरोना पुष्टि, २८४१ जना सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७९, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको २ हजार १६८ पीसीआर र १ हजार ६७० जनाको एन्टीजेन परीक्षणका क्रममा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ८० जना संक्रमित निको भएका छन्।

यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ३०८ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ८४१ जना सक्रिय संक्रमित छन्।

  • ६ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech